काठमाडौँ, ४ मंसिर । धनुषामा कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मिथिला नगरपालिका–१० स्थित सडकमा बुटवलबाट झापातर्फ जाँदै गरेको लु.प्र.०१–००१ च २५९९ नम्बरको कारको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो ।
नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुषको आज दिउँसो सो दुर्घटनामा मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले कार चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।







