एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन: केन्द्रीय कमिटीको बैठक पनि बस्ने

काठमाडौँ, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८:०० बजेदेखि सुरु हुनेछ ।

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ तथा पार्टीका वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्नुहुनेछ । भेलामा समसामयिक प्रस्तावहरू पारित गरि भेलाको समापन हुने एमालेले जनाएको छ ।

यसैबीच, आजै दिउँसो ३:०० बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय भेलाको दोस्रो दिनको कार्यक्रम आज बिहान ८:०० बजेदेखि सुरु हुनेछ । आजको

काठमाडौँ, २ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्।

काठमाडौँ, २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन नसकेको बताएका छन् । आज

काठमाडौँ, २ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अभियानले थप उपलब्धि हासिल गरेको छ ।