सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अघि बढ्न खोज्यो: महासचिव पोखरेल

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकार स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको अरोप लगाएका छन् ।

एमाले बागमती प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पर्याप्त तथ्य र प्रमाणबिना पक्राउ गर्नु र सुरक्षाकै नाममा नियन्त्रणमा लिइएका व्यक्तिलाई भेटका आधारमा सुरक्षाकर्मीलाई अपदस्त गर्ने कामले सरकार संविधान र कानुनको बाटोमा नभई स्वेच्छाचारी शासन र अधिनायकवादी बाटोमा अगाडि बढ्न खोजिरहेको टिप्पणी गरे ।

उनले लामो लोकतान्त्रिक संघर्षबाट गुज्रिएको मुलुकलाई स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ जानबाट रोक्ने मुख्य जिम्मेवारी एमाले र अन्य राजनीतिक दलहरूको भएको धारणा पनि राखे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा १३ जना मनोनित भएका छन् । आज बसेको स्थायी कमिटीको बैठकले १३

विराटनगर, २४ असोज । कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १८३

पोखरा, २४ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,