एमाले स्थायी कमिटीको बैठकले गर्यो ७ वटा निर्णयहरु (सूचीसहित)

काठमाडौँ, २४ असोज । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा २२ गतेदेखी शुरु भएको बैठकले पार्टीलाई चलायमान बनाउन सात निर्णयहरु गर्दै सम्पन्न भएको छ ।

बैठकले गरेका निर्णयहरु यस प्रकार छन्ः

१.    पार्टीका वडास्तरका कमिटीहरुको अधिवेशन आगामी मङ्सिर २६ गते सम्पन्न गर्ने ।

२ .   नगर र गाउँपालिका तहका कमिटीहरुको अधिवेशन पुस ४ गते सम्पन्न गर्ने ।

३.   आगामी मङ्सिर पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने । राष्ट्रिय भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष, उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरुको सहभागिता रहने छ ।

४.   पालिका र वडा अधिवेशन सकिएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने ।

५.   बैठकले मधेश प्रदेश सभामा पार्टीका सभासद जैनब खातुनको निधन भएको हुँदा समानुपातिकतर्फको उक्त रिक्त स्थानमा नाजिमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।

६.   बैठकले पार्टीका अध्यक्ष पद रिक्त रहेका १३ जिल्लाका हकमा जिल्ला तहकै निर्णयबाट अध्यक्ष तोकी संगठन कमिटीमा रुपान्तरण गरी माथिल्लो कमिटीमा अनुमोदनका लागि पठाउनुपर्ने निर्णय गरेको छ ।

७.    बैठकले देहाय बमोजिम १० जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनयन गरेको छ । मनोनयन हुनेहरुमा सिर्जना राई (भोजपुर), सावित्रा अर्याल (रुपन्देही), इन्दु कडरिया, विष्ट (कञ्जनपुर), सीता पंगेनी (नवलपुर), सीता अधिकारी (पाल्पा), डा.पुष्पा केसी भण्डारी (कास्की), धर्मनाथ प्रसाद साह (सिराहा), तेजमान कन्दङवा (तेह्रथुम), टंक आङ्वोहाङ (ताप्लेजुङ), नविन रोक्का (रोल्पा), मीनप्रसाद गुरुङ (स्याङ्जा), डवल पाण्डे (दोलखा) र तेजेन्द्र केसी (रुपन्देही) हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ असाेज । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । काठमाडौँ

घोराही, २४ असोज । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका-१ वनघुस्री निवासी तीन वर्षीया

हेटौँडा, २४ असोज । अरिंगाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका मकवानपुरको थाहा नगरपालिका–१, बाराहीचौरका ३० वर्षीय उत्सव गोपालीको

काठमाडौँ, २४ असोज । सुर्खेतका विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । प्रहरी टोलीले