पेस्तोलसहित एक युवक पक्राउ

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति सर्लाही कबिलासी नगरपालिका–३ मदनपुरबाट ३३ वर्षिय तुलसी ठाकुर सिक्सर पेस्तोल सहित पक्राउ परेका हुन् । 

अभियुक्त पक्राउ परेको स्थानमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भई हतियार सहित मानिस लडेको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछिया र ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

भारतीय नम्बर प्लेट बिआर ३० वाई २८५३ नम्बरको मोटरसाईकलमा जनकपुर देखी मदनपुर घर आउदै गर्दा दुर्घटना भई चालकलाई चेकजाँच गर्दा दाहिने गाला, बायाँ हातमा सामान्य चोट देखिएको र कम्मरबाट रिभल्भर (सिक्सर पेस्तोल) १ थान बरामद भएको हो । 

निज चालकलाई नियन्त्रणमा लिई सामान्य उपचार पश्चात ईलाका प्रहरी कार्यालय हरिपुरबाट हातहतियार सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० असोज । विश्व हिन्दु परिषद् नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थालाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कडा गर्न

काठमाडौँ, २० असोज । सर्लाहीमा सिक्सर पेस्तोल सहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार राति

काठमाडौँ, २० असोज । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्ञ्चनपुरका अनुसार बेदकोट

काठमाडौँ, २० असोज । प्रहरीले बैङ्किङ कसुर मुद्दाका फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेका दीपेन्द्र शाही