पाकिस्तानमा इमरान खानलाई रिहा गर्न माग गर्दै लङ मार्च

एजेन्सी, १९ असोज । पाकिस्तानको प्रमुख विपक्षी दल पाकिस्तान तहरिक–ए–इन्साफले (पीटीआईले) पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइका लागि लङ मार्च सुरु गरेको छ ।

पार्टीको आह्वानमा खैबर पख्तुनख्वा प्रान्तको लक्की मरवत जिल्लास्थित गुन्डी चोक राजनीतिक गतिविधिको मुख्य केन्द्र बनेको बताइएको छ । बलुचिस्तान र प्रान्तका दक्षिणी क्षेत्रहरूबाट पीटीआईका काफिला आइपुगिरहेका छन् । आइतबारबाट सुरु भएको यो लङ मार्च राजधानी इस्लामाबादसम्म पुग्नेछ ।

यद्यपि, पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले चेतावनी दिँदै कुनै पनि समूहलाई इस्लामाबादमा प्रवेश गर्न नदिइने बताएका छन् । अदालतको आदेश उल्लंघन गर्ने पीटीआई नेताहरूमाथि कानुनी कारबाही गरिने पनि उनले स्पष्ट पारे ।

यस लङ मार्चको नेतृत्व खैबर पख्तुनख्वाका मुख्यमन्त्री सुहेल अफ्रिदीले गरेका छन् । इमरान खानको रिहाइको माग राख्दै यो मार्च गत महिना नै निकाल्ने तय भएको थियो । त्यसपछि सरकार र पीटीआईबीच भएका वार्ताका चरणहरू असफल भएका थिए ।

बीबीसी न्युज उर्दूका अनुसार, मरवत जिल्ला प्रशासनले डेरा इस्माइल खान डिभिजनका चार जिल्लामा शान्ति भंग हुन नदिने आदेश गरेको छ । यसका बाबजुद पीटीआई समर्थकहरू मार्चमा सहभागी हुन अघि बढिरहेका छन् ।

गृहमन्त्री नक्वी पेसावर पुगेर चेतावनी
लङ मार्च चलिरहेकै समयमा गृहमन्त्री मोहसिन नक्वी पेसावर पुगेर गभर्नरसँग भेट गरेको थिए । गृहमन्त्री नक्वीले सरकार र पीटीआईबीचको वार्ता सकिसकेको घोषणा गरेलगत्तै यो घटनाक्रम विकसित भएको हो ।

लाहोरमा आयोजित पत्रकार सम्मेलनमा मोहसिन नक्वीले चेतावनी दिँदै मार्चका क्रममा कसैको ज्यान गएमा त्यसको सम्पूर्ण जिम्मेवारी मुख्यमन्त्री सुहेल अफ्रिदीले लिनुपर्ने बताए ।

अर्कोतर्फ, पीटीआईका महासचिव सलमान अकरम राजाले भने वार्ता असफल हुनुको मुख्य कारण सरकारले खैबर पख्तुनख्वा प्रान्तीय सरकारलाई प्रान्तभित्र सञ्चालित आतंकवाद–विरोधी अभियान र कदमहरूमा समर्थन गर्न बाध्य पार्न खोज्नु रहेको दाबी गरेका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुनसरी, १९ असोज ।  विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले औपचारिक शिक्षा प्राप्त गरेकै आधारमा रोजगारी सुनिश्चित नहुने भएकाले विद्यार्थीलाई

काठमाडौँ, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र शुरू हुँदैछ । बन्द सत्र शुरू भएसंगै

काठमाडौँ, १९ असोज । २०८३ साल असोज १९ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। नाफा

काठमाडौँ, १८ असोज । तनहुँको भानु नगरपालिका-१०, तल्लो मैदानस्थित हटिया-चिसापानी भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ