छोराको कुटपिटबाट बुवाको मृत्यु

काठमाडौँ, ९ कार्तिक । बर्दियामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर नगरपालिका-३ का ५५ वर्षीय कालुराम थारुको आइतबार राति छोराको कुटपिटबाट मृत्यु भएको हो ।

कालुरामलाई उनका छोरा राजेन्द्रले राति ११ बजे कुटपिट गरेका थिए । घाइते भएका कालुरामलाई स्थानीय स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगञ्ज पुर्‍यायएको थियो । त्यही चिकित्सकले मृत घोषणा गरेका थिए ।

कुटपिटमा संलग्न राजेन्द्रलाई प्रहरीले राति नै नियन्त्रणमा लिइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ मंसिर । साउदी अरबको राजधानी रियादस्थित ८० तले पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा मंगलबार भएको आक्रमणमा नेपाली घाइते भएका

सप्तरी, ९ मंसिर । रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । गएराति साढे १ बजे

काठमाडौँ, ९ मंसिर । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले अनुसन्धान र नवप्रवर्तनमा लगानी

काठमाडौँ, ९ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक अवैध सुनसहित पक्राउ परेका छन् । उनीहरूको साथबाट २ हजार