ब्राजिलमा लुला डा सिल्भा राष्ट्रपतिमा निर्वाचित

एजेन्सी, ९ कार्तिक । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा चौथो कार्यकालका लागि देशको राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न निकै प्रतिस्पर्धात्मक एवं तनावपूर्ण दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार तथा पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा सिनेट रोबर्टो फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन् ।

सुप्रीम इलेक्टोरल कोर्टले जारी गरेको आधिकारिक नतिजा अनुसार ९९.८ प्रतिशत भन्दा बढी मतगणना सकिँदा ८० वर्षीय लुलाले ५१।७६ प्रतिशत मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी फ्लाभियो बोल्सोनारोले ४८.२४ प्रतिशत मत ल्याएका छन् ।

गत अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियो बोल्सोनारोले अग्रता लिएका थिए। ब्राजिलमा सन् १९८८ मा प्रजातन्त्र पुनःस्थापना भएयता पहिलो चरणमा पछि परेको उम्मेदवारले दोस्रो चरणमा चुनाव जितेको यो पहिलो ऐतिहासिक घटना हो ।

पछिल्लो समय ल्याटिन अमेरिकाका अर्जेन्टिना, चिली र कोलम्बिया जस्ता ठूला देशहरूमा दक्षिणपन्थी नेताहरू सत्तामा आउने क्रम बढेको भए पनि ब्राजिलमा भने लुलाले जित हात पार्दै सो लहरलाई रोकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ हजार

काठमाडौँ, ८ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका निर्धारण गरेको विदेशी मुद्रा विनिमय दर स्थिर छ । राष्ट्र बैंकका अनुसार आज