राहत, बेपत्ताको खोजी र घाइतेको उपचारलाई युद्धस्तरमा अगाडि बढाउन सरकारसँग रास्वपाको आग्रह

काठमाडौँ, १२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानको विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन नेपाल सरकारसँग आग्रह गरेको छ ।

रास्वपा आइतबार बिज्ञप्ति जारी गर्दै अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानले पुर्‍याएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । विपद् जोखिम न्यूनीकरणका लागि राज्यको भरमग्दुर प्रयासका बाबजुद पनि विपद्को स्वरूपका कारण अमूल्य मानवीय क्षति हुन पुग्नु अत्यन्तै पीडादायक रहेको उल्लेख गरेको छ ।

बिज्ञप्तिमा भनिएको छ, ‘यस विषम परिस्थितिमा सरकारले गरिरहेको हालको प्रयासलाई थप गति प्रदान गर्दै प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकहरूको खोजी र घाइतेको उपचारलाई अझै युद्धस्तरमा अगाडि बढाउन हामी नेपाल सरकारसँग आग्रह गर्दछौं । मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा टरिसकेको छैन। तसर्थ, नदी तटीय क्षेत्र र पहिरोको जोखिमयुक्त स्थानमा रहनुहुने तथा अत्यावश्यक कामबाहेक यात्रामा निस्कनुहुने सम्पूर्ण आम नागरिकहरूलाई उच्च सतर्कता र विशेष सावधानी अपनाउन हामी हार्दिक अपिल गर्दछौं ।’

विपद्पछिको अवस्थामा अवरुद्ध राजमार्गहरू तत्काल सुचारु गर्न र घरबारविहीन भएका नागरिकहरूको सुरक्षित आवास तथा पुनर्स्थापनाको कार्यमा कुनै पनि किसिमको ढिलासुस्ती नगर्न तीनवटै तहका सरकारहरूको  ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, १२ असोज । २०८३ साल असोज १२ गते सोमबारको राशिफल ।   मेष : दिन सामान्य फलदायी रहनेछ। व्यापारमा लाभ हुनेछ।

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको छ ।  आज गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङटार