उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

काठमाडौँ, ९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छिन् ।

आज एक श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताइन् ।

उनले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन हुनसक्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिइन् । 

मन्त्री मेहताले मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायबीच निरन्तर समन्वय कायम गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखी सूचना सङ्कलन, समन्वय र प्रतिकार्य व्यवस्थापन गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ असोज । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले भेटवार्ता गरेका छन् । आज परराष्ट्र

काठमाडौँ, २९ असोज । रास्वपा सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगलाई लिखित जवाफ बुझाएका छन् । एक महिलासँग भएको फोन संवादका

काठमाडौँ, २९ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना

काठमाडौँ, २९ असोज । धनुषाको धनौजी गाउँपालिका ३ (साविक झोझी कटैया गा.वि.स. वडा नं १,२,३,४, ५, ६, ७, ८ र