उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता

काठमाडौँ, ९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्षाको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताएकी छिन् ।

आज एक श्रव्यदृश्य सन्देश जारी गर्दै मन्त्री मेहताले हाल देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भइरहेको र वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायतका विपद् सिर्जना हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्रालय उच्च सतर्कतासहित तयारी अवस्थामा रहेको बताइन् ।

उनले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न, आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न र विपद्को अवस्था सिर्जना भए तत्काल स्वास्थ्यकर्मी परिचालन हुनसक्नेगरी आवश्यक व्यवस्था गरिएको जानकारी दिइन् । 

मन्त्री मेहताले मन्त्रालयले प्रदेश तथा स्थानीय तहका स्वास्थ्य निकायबीच निरन्तर समन्वय कायम गर्न तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई चौबिसै घण्टा तयारी अवस्थामा राखी सूचना सङ्कलन, समन्वय र प्रतिकार्य व्यवस्थापन गरिरहेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । फिल्म ‘आबाट आमा २’ को टिजर रिलिज भएको छ । आर्या इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको कथानक

काठमाडौँ, ३ असोज । दीपकराज गिरी र दीपाश्री निरौलाको आगामी फिल्म ‘छ माया छपक्कै २’ दशैंको फूलपातीदेखि देशब्यापी प्रदर्शनमा आउने भएको

काठमाडौँ, ३ असोज । फिल्म ‘कबड्डी ५’ को प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म दशैं बिजयादशमीको ठीक दुई दिनपछि

काठमाडौँ, २ असोज । फिल्म ‘बेहुली’को कमाइ २ करोड २७ लाख रुपैयाँ ग्रस गरेको छ । पहिलो साता सुखद ब्यापार गर्दै