आजको मौसम

काठमाडौँ, ७ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा बिहानीपख केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा देशको बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । यमनमा बढ्दो द्वन्द्व र साउदी अरबमाथि हुथी विद्रोहीका आक्रमणले क्षेत्रीय तनाव बढाइरहेका बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो

काठमाडौँ, ६ कार्तिक । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडौँ, ३ कार्तिक । मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा ५० जनासम्म सर्वसाधारण मारिएका छन् । आइतबार भएका आक्रमणमा