आजको राशिफल

काठमाडौँ, ७ कार्तिक । २०८३ साल कार्तिक७ गते शनिबार सन् २०२६ अक्टोबर २४ तारिख । असोज शुक्ल पक्षको त्रयोदशी तिथि । संयुक्त राष्ट्रसंघ दिवस आज परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । आजको फलादेशः

मेष : हरेक काममा घाटा हुनेछ । अप्ठेरो काममा तपाईंलाई अघि लगाउनेको संख्या ठुलो छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट लाभ हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। राज्यका तर्फबाट सेवामुलक कामको सुरुवात हुनेछ। अग्रजको सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विपक्षीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

मिथुन : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। विदेश यात्रा हुने योग छ। धन आर्जन हुनेछ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

कर्कट : दिन धेरै राम्रो छ । आम्दानी बढ्नेछ। स्वदेशमा रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। जग्गाको कारोबारबाट लाभ हुनेछ। श्रमको मूल्य मिल्नेछ ।

सिंह : दिन सामान्य छ । बोलीका कारण काम बन्ने दिन छ। मानसम्मान प्राप्त हुनेछ । अग्रजसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। आम्दानीको स्रोत बढ्नेछन्। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। काम गर्दा सचेत बन्नु उचित हुन्छ।

तुला : कामको भार बढ्ने दिन छ । खर्च बढ्नेछ। आफन्तले विरोध गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरु दाहिने भएकाले पहुँच बढाउन हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

धनु : व्यापारमा लाभ हुने दिन छ । नसोचेको ठाउँबाट आम्दानी हुनेछ । कतै घुमफिरको योजना बन्न सक्छ। शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट आंशिक फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सहकार्य गरेर अगाडि बढ्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने आज अगाडि नबढ्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ । पुराना साथीसँग भेट हुनेछ। नयाँ योजना बन्दा मनमा खुसी मिल्नेछ । काम गर्न सहज वातावरण बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। अनावश्यक यात्रामा भने खर्च बढ्ने जोखिम छ।

मीन : दिन धेरै राम्रो छ । दैनिक काममा सुधार हुनेछ। अग्रजको साथमा गरेको काम सफल बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

नवलपुर, ३० कार्तिक । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट

मकवानपुर, ३० कार्तिक । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट

काठमाडौँ, ३० कार्तिक । रारा ताल घुम्न आएका पर्यटक सवार गाडी मुगुमा दुर्घटना हुँदा मृत्यु भएका तीनैजनाको सनाखत भएको छ

काठमाडौँ, ३० कार्तिक । सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।  हराएको बाख्रा खोज्न जंगलछेउ