माछापुच्छ्रे बैंकको रोकिएका बैंकिङ सेवा सञ्चालनमा

काठमाडौँ, ६ कार्तिक । माछापुच्छ्रे बैंक लिमिटेडका अवरुद्ध भएका वेबसाइट तथा वेबमा आधारित सेवाहरू पुनः नियमित सञ्चालनमा आएका छन् । 

सिस्टम अपडेटका लागि रोकिएका ती सेवाहरू आवश्यक प्राविधिक कार्य सम्पन्न भएसँगै पुनः सुचारु भएका हुन् । पीएचपी सिस्टममा देखिएको विश्वव्यापी समस्यापछि बैंकका ग्राहकसँग सम्बन्धित केही सेवाहरू अस्थायी रूपमा बन्द गरिएको थियो । 

बैंकले सूचना जारी गर्दै वेबसाइट तथा वेबमा आधारित सेवाहरूमा आवश्यक प्रणाली अद्यावधिक गर्ने कार्य सम्पन्न भएको र हाल सबै सेवाहरू पहिलेकै अवस्थामा सञ्चालनमा आइसकेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर आमाछोरीको मृत्यु भएको छ । ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६

काठमाडौँ, ६ कार्तिक । काठमाडौँको मनोहरा नगरपालिकामा एक महिलाको शव मृत अवस्थामा भेटिएको छ । कागेश्वरी मनोहरा नगरपालिका–४ डेरा गरी बस्ने

स्याङ्जा, ६ कार्तिक । स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना हुँदा महिला चालकको मृत्यु भएको छ । आज

तनहुँ, ६ कार्तिक । तनहुँमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।