कांग्रेसका पदाधिकारी र सदस्यको शपथ तथा प्रमाणपत्र वितरण कात्तिक १२ गते

काठमाडौँ, ८ कार्तिक । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण तथा प्रमाणपत्र वितरणको कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ ।

सभापति गगन थापाले असोज ३१ गते पद तथा गोपनीयताको शपथ लिए पनि बाँकी पदाधिकारी र सदस्यहरू पद तथा गोपनीयताको शपथ लिएका छैनन् । 

गत असोज १८ देखि २३ गतेसम्म भएको महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । त्यो केन्द्रीय समितिमा निर्वाचित भएका र निर्विरोध भएका सभापति थापा बाहेकका २३० जनाले पद तथा गोपनीयताको शपथ लिएका छैनन् । निर्वाचित भएको प्रमाणपत्र पनि पाएका छैनन् ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार  सभापति बाहेकका पदाधिकारी र सदस्यको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ कार्तिक । दसैंको मुख्य अवधि १ देखि ८ कात्तिकसम्म ८ दिनमा काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा झन्डै

काठमाडौँ, ८ कार्तिक । विराटनगरमा व्यवसाय गर्दै आएका एक पुरुष केशलिया खोलामा मृत फेला परेका छन् । प्रहरीका अनुसार मोरङको विराटनगर

काठमाडौँ, ८ कार्तिक । बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो ४.२ म्याग्निच्युडको धक्का मापन गरिएको भूकम्प मापन केन्द्र

पोखरा, ८ कार्तिक । पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीय रमाकान्त शर्माको मृत्यु भएको छ । शनिबार साँझ