गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको छ : संयोजक प्रचण्ड

काठमाडौँ, ७ साउन । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रका उपलब्धिविरुद्ध प्रतिक्रान्तिको हावा चलेको बताएका छन् ।

आज पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले चम्पादेवीमा आयोजना गरेको ४८औँ पुष्पलाल स्मृति दिवस कार्यक्रममा प्रचण्डले प्रतिक्रान्ति विरुद्ध नयाँ अभियान चलाउन संकल्पको रुपमा लिनुपर्ने बताएका हुन् । 

उनले भने, ‘देशमा जुन प्रति क्रान्तिको हावा चलिराखेको छ । जसले गणतन्त्रका उपलब्धिमाथि या कमरेड पुष्पलालको शिक्षा अनुसार भएका परिवर्तनमाथि हमला गरेको छ । त्यसका विरुद्ध फेरि एउटा नयाँ अभियान सञ्चालन गर्ने संकल्पको दिनको रुपमा रहेको छ’, ‘वैचारिक र राजनीतिक रुपमा पुष्पलालले विचार निमार्णमा धेरै मेहनत गर्नुभएको छ । सामन्तवाद र साम्राज्यवादको विरुद्ध वैचारिक हतियार निर्माणको निम्ति उहाँको ठुलो योगदान रहेको छ ।’

नेपालमा कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरी वैचारिक राजनीतिक आधार खडा गर्ने कष्ट साध्यको जिम्मा पुष्पलालले उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई