हामी सिद्धिएको होइन, नयाँ शैलीले अघि बढ्छौँ : अध्यक्ष ओली

काठमाडौँ, १ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् ।

आज पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले थुप्रै कुरामा नवीकृत भएर अघि बढ्ने बताए ।

उनले भने, “हामी नयाँ शैली र परिपार्टीले अघि बढ्छौँ । हामीले धक्का खाएको छौँ, सिद्धिएको होइन,” । उनले एमालेलाई एक्लाउने प्रयास अहिले पनि अघि बढिरहेको दाबी गरे । उनले एमाले आफ्नो स्वतन्त्र हैसियत भएको पार्टी भएको बताए । 

“हामी यस्तो लहरो होइनौँ, जसले अर्कोलाई नसमाती उठ्न सक्दैन । हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ,” उनले भने, “हामी अरुको बलमा नभएर आफ्नै बलमा उम्रँदै, हुर्कंदै अनेक कुराको सामना गरेर आएका छौँ ।”

उनले पार्टी पंक्तिलाई पर्याप्त प्रशिक्षण गर्न नसक्दा आफूहरूविरुद्धको हमलामा पछि परेको बताए । उनले भने, “हामीले अहिलेको समय चिनेका छौँ । तर, हामीले हाम्रो पंक्तिलाई पर्याप्त प्रशिक्षण गर्न सकेनौँ । पर्याप्त प्रशिक्षित गर्न नसकेको हुनाले आईटी जमनामा, आईटीको प्रतिस्पर्धामा, हामीविरुद्धको हमलामा पछि परेको हो । त्यसलाई मेकअप गर्ने बाटोमा हामी अघि बढ्नुपर्नेछ । अघि बढ्छौँ,”। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३