विदेश पठाइदिने भन्दै ठगी गर्ने चारजना पक्राउ

काठमाडौँ, २४ असार । आकर्षक वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

उनीहरूले विभिन्न व्यक्तिबाट २४ लाख ४५ हजार बराबरको ठगी गरेको आरोप लागेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा लमजुङका पूर्णबहादुर दुरा, दोलखाका कमला खत्री र रामकुमार श्रेष्ठ  सुर्खेतका सरस्वती गिरी छन् ।

कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार उनीहरूले युरोपका विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका