कटुवा पेस्तोलसहित एक युवा पक्राउ

रौतहट, २३ असार । गरुडा नगरपालिका–५ झाझपुलमा गरुडा नगरपालिका–९ गम्हरिया बिर्ताका ४२ वर्षीय सदरे आलम कटुवा पेस्तोलसहित पक्राउ परेका छन् ।

गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा उनको शरीर खानतलासी गर्दा कमरमा भिरेको अवस्थामा एक राउण्ड गोली लोड रहेको कटुवा पेस्तोल फेला परेको हो । उनले मदिरा पसलको पछाडिको खेतमा रहेको झ्याङमा गोली तथा नगद रुपैयाँ लुकाईछिपाई राखेको पनि पाइएको छ ।

उनका साथबाट कटुवा पेस्तोलमा प्रयोग हुने लाइभ राउण्ड गोली ४ थान, ब्ल्याङ्क राउण्ड १ थान, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार पाँच सय, नेपाली रुपैयाँ ३२ हजार पाँच सय तथा नाइट्राभेट ट्याबलेट २ पिस बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका