हत्या गरेको आरोपमा एकजना पक्राउ

कैलाली, २३ असार । कैलालीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ ।

यही असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा तनुज चौधरी मृत अवस्थामा फेला परेका थिए । उक्त घटनामा संलग्न रहेको आरोपमा गौरीगंगा नगरपालिका–६ का खगेन्द्र भन्ने खेमराज कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । नवलपुरमा बाढीले बगाउँदा एकजनाको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका ४ झ्यालबास स्थित ढोङढोङे खोल्सामा आएको

काठमाडौँ, २९ साउन । रौतहट–बारा सीमासँग जोडिएको भारतको बिहारस्थित मोतीहारी जिल्लाको रामगढवा क्षेत्रमा चोरीको मोटरसाइकलसहित दुई नेपाली युवक पक्राउ परेका छन्

काठमाडौँ, २९ साउन । काभ्रेको पाँचखाल नगरपालिका–४ तामाघाट बजारमा पैदलयात्रीलाई ठक्कर दिएर स्कुटरसमेत पल्टिँदा चालकको मृत्यु भएको छ भने पैदलयात्री भने

काठमाडौँ, २९ साउन । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । प्रहरीका अनुसार चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका