कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन : मन्त्री तिमिल्सिना

काठमाडौँ, २१ असार । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् ।

आज नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानुन र जिम्मेवार पत्रकारिता विषयक कार्यक्रममा मन्त्री तिमिल्सिनाले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको बताए ।

उनले भने, “यो सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्न लागेको जस्तो संकेत उहाँहरूले गरेको मैले पाएँ । त्यस विषयमा चिन्तित नहुन सम्पूर्ण पत्रकार मित्रहरूलाई अनुरोध गर्न चाहन्छु ।  हामीलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी छ । आज मूल प्रश्न प्रेस स्वतन्त्रता हुने कि नहुने भन्ने होइन । कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तपाईंहरूले नै भनिरहनुभएको छ, यो संवैधानिक अधिकार हो । फेरि तपाईंहरू नै सरकारले प्रेस स्वतन्त्रता दिएन भन्नुहुन्छ । यदि सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्‍याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानुनी व्यवस्था छन् । तर, सञ्चार मन्त्रालयको तर्फबाट म पूर्ण प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । कुनै विषयमा संवाद गर्न आवश्यक छ भने हामी बसेर छलफल गर्न तयार छौँ । कहिलेकाहीँ कतिपय विषय व्याख्या र न्यारेटिभका कारण फरक ढंगले बुझिन सक्छन् । कुनै विषयलाई कसैले प्रेस स्वतन्त्रताको हनन भएको ठान्नसक्छ भने अर्काले त्यो प्रेस स्वतन्त्रता हननको विषय होइन भन्न पनि सक्छ । त्यस्ता विषय छन् भने बसेर सल्लाह र छलफल गर्न सकिन्छ । त्यसैले आजको मूल प्रश्न प्रेस स्वतन्त्रता छ कि छैन भन्ने होइन । हामी यस्तो अवस्थामा छौँ, जहाँ कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैन । तर, मेरो विचारमा यहाँ सबैको हितका लागि मूलभूत प्रश्न सरकार जिम्मेवार हुनुपर्छ भन्ने हो । यस विषयमा कुनै विवाद छैन । सरकार जिम्मेवार हुनैपर्छ । यदि सरकार कतै गैरजिम्मेवार भएको छ भने त्यसबारे प्रश्न उठाउनु पत्रकारहरूको सबैभन्दा ठूलो दायित्व हो । त्यसमा कुनै शंका छैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ असार । दाङमा चट्याङ्ग लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक महिलाको मृत्यु

काठमाडौँ, २१ असार । जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका एक जना सर्लाहीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा

काठमाडौँ, २१ असार । धादिङको गङ्गाजमुना गाउँपालिका–४, यार्सा टोल (बिकटोल) मा आफ्नै छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ। शनिबार अपराह्न

काठमाडौँ, २१ असार । महोत्तरीको  एकडारा गाउँपालिका–३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा