स्वचालित प्रणालीबाट भाडा समायोजन गर्न माग

काठमाडौँ, १७ असार । इन्धनको भाउ घटेसँगै यातायात व्यवसायीले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरेका छन् ।

यसअघि इन्धनको मूल्य बढ्दा सरकारले भाडा बढाएको थियो । मंगलबार नेपाल आयल निगमले पेट्रोल, डिजेलसहितमा मूल्य उच्च दरले घटाएको छ । यसबारे सरकारभन्दा एक कदम अगाडि बढ्दै स्वयम् व्यवसायीले भाडा घटाउन तर स्वचालित प्रणालीअनुसार गर्न माग गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले स्वचालित प्रणाली अनुसार भाडा समायोजन गर्न माग गरे ।

उनले भने, ‘विगतमा हामीले घाटा खाँदै यातायात चलाउँदा पनि सरकारले बेलैमा निर्णय नगर्दा हामी नै बदनाम हुँदै आएका छौं,’ ‘तर हामी इमान्दारीपूर्वक भन्छौं, स्वचालित प्रणाली अनुसार तत्काल भाडा समायोजन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ भदौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादव र साउदी अरबका परराष्ट्रमन्त्री फैसल बिन फरहानबीच शिष्टाचार भेटवार्ता

काठमाडाैँ, ११ भदाै । परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका परराष्ट्रमन्त्री डा.खलिलुर रहमानबिच टेलिफोन वार्ता भएको छ । टेलिफोन वार्ताका क्रममा

काठमाडाैँ, ११ भदाै । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्‍को बेलामा सरकारसँग भएका स्रोत र साधनबाट सम्भव नहुने बताएका छन् ।

काठमाडौँ, ११ भदौ । विद्युत पूर्वाधार संरचनामा भएको क्षतिले विद्युत् अवरुद्ध भएको रसुवा बाढी प्रभावित क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ