हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’

काठमाडौँ, ४ असार । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि झापामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ । 

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिएकी हुन् । प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन हिजो भनेको हो । 

अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्ने सांसद डाँगीले बताइन् । गएको हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ बर्सिया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा परि ज्यान गएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् ।

घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा बोलेकी थिइन् । ‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिएकी हुन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।