रोशी गाउँपालिकामा भोली शोक बिदा

काठमाडौँ, ४ असार । बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-२ मा भएको बम भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा रोशी गाउँपालिकाले आगामी असार ५ गते भोली शोक विदा दिने निर्णय गरेको छ ।

गत जेठ २९ गते दिउँसो भएको दुर्घटनामा परी रोशी गाउँपालिकाका ७ जना स्थानीय नागरिकसहित कुल ८ जनाको घटनास्थलमै मृत्यु भएकोले गाउँपालिकाले शोक वक्तव्य जारी गर्दै आफ्ना मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थाहरूमा सार्वजनिक विदाको घोषणा गरेको हो ।

गाउँपालिकाका अध्यक्ष दिनेश लामाद्वारा हस्ताक्षरित वक्तव्य भनिएको छ, ‘यस दुःखद् घडीमा पालिका कार्यालय, वडा कार्यालयहरू, शैक्षिक संस्थाहरू, इमर्जेन्सी बाहेकका स्वास्थ्य संस्थाहरूलगायत गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको र दुर्घटनामा आफ्ना नागरिकहरूले अकालमा ज्यान गुमाउनु परेकोमा रोशी गाउँपालिका परिवारले गहिरो दुःख व्यक्त गरेको छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।