दुई थान भरुवा बन्दुक बरामद

काठमाडौँ, २ असार । अवैध दुई थान भरुवा बन्दुकसहित दुई जनालाई प्रहरीले पक्राउ छ । 

धादिङ प्रहरीका अनुसार निलकण्ठ नगरपालिका वडा नं ११ गोला भञ्ज्याङबाट दुई थान भरुवा बन्दुकसहित दुई जनालाई सोमबार बेलुकी नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा गोला भञ्ज्याङकै रैथाने बासिन्दा ३३ वर्षीय श्याम बहादुर शाक्य र सोही नगरपालिकाको वडा नं ९ बस्ने ३२ वर्षीय सन्त बहादुर गुरूङ रहेका छन् । अवैध रूपमा हतियार ओसारपसार वा लुकाइछिपाई राखेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई बन्दुकसहित रङ्गेहात पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा स्थानीय प्रहरी कार्यालयहरूले कानुनी प्रक्रिया अगाडि बढाउँदै थप आवश्यक अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।