ट्रकको ठक्करबाट एक सहायक प्रहरी हवल्दारको मृत्यु

काठमाडौँ, ३१ जेठ । तीव्र गतिमा नेपालगन्जबाट गुलरियातर्फ आइरहेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकको ठक्करबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरीका एक सहायक प्रहरी हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

प्रहरीका अनुसार आज बिहान साढे ५ बजे अवैध रूपमा भारत लैजान लागिएको दुई भैंसी र एक पाडालाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरिया लैजाने क्रममा गुलरिया नगरपालिका–११ स्थित हुलाकी सडक खण्डको लालपुरमा दुर्घटना भएको हो ।

गम्भीर घाइते भएका गणेशपुरमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कडेलको जिल्ला अस्पताल बर्दियामा उपचारका क्रममा मृत्यु छ ।

ट्रकको ठक्करबाट घाइते भएका सशस्त्र प्रहरी जवान दीपककुमारजंग शाहलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । उक्त घटनामा तीनवटा भैंसी र एक पाडा पनि गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।