घुससहित भूमि प्रशासनका नासु पक्राउ

काठमाडौँ, ३१ जेठ । भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायबसुब्बा ज्ञानराज कँडेललाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ ।

जग्गा रोक्का गर्ने काममा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा पोखराबाट खटिएको आयोगको टोलीले कँडेललाई नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार नायबसुब्बा कँडेललाई सेवाग्राहीबाट ४० हजार घुस लिएको अवस्थामा पक्राउ गरिएको हो । सो क्रममा घुस रकमसहित स्रोत नखुलेको २१ हजार ७० समेत बरामद भएको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएका कँडेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले शिक्षा, स्वास्थ्य र विद्युत्‌मा ‘लग्जरी कर’ लगाउने विषय उपयुक्त नभएको

काठमाडौँ, ३१ जेठ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जनभावना विपरीतको अभिव्यक्तिले पार्टीको रक्षा नहुने बताएका छन् ।  आज सामाजिक

काठमाडौँ, ३१ जेठ । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको संस्थापन पक्षले पार्टीभित्र आन्तरिक सहमतिका लागि भन्दै जेठ १६ गते निवर्तमान सभापति शेरबहादुर देउवा