किसानले भोगिरहेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्न आवश्यक : महासचिव पोखरेल

काठमाडौँ, ३० जेठ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जंगली जनावरका कारण किसानले भोगिरहेको समस्या समाधानका लागि नयाँ ढङ्गले सोच्नुपर्ने बताएका छन् ।

आज सामाजिक संजाल फेसबुकमा लेख्दै उनले जंगली जनावरले कृषि बालीमा पुर्‍याएको क्षति देखाएर किसानहरू आक्रोश र पीडामा रहेको दृश्यले सबैलाई उद्वेलित बनाइरहेको बताए ।

उनले भने, “अब नयाँ ढंगले सोचौं, यतिवेला किसानहरु जंगली जनावरले पुर्याएको कृषिवालीको क्षति देखाएर रोइरहेको आक्रोस पोखिरेहो दृष्यले सबैलाई उद्देलित बनाइरहेको छ । तर राज्यका निकायहरु अभिसन्धी र कानूनका कारणले ती दृष्यवाट विमुख भइरहेका छन् । तर यस्तो लाचारी कहिलेसम्म ?

अन्तरार्ष्ट्रिय अभिसन्धि र कानुनको बहाना देखाएर किसानलाई आफ्नै थातथलो र खेतीपातीबाट बेदखल गर्ने काम न्यायोचित होइन। बाँदर, बँदेल र दुम्सीको आतङ्कले कृषिकर्ममा आश्रित किसानहरु विस्थापित भइरहेका छन्। प्रकृति र मानवबीच सन्तुलन चाहिन्छ, तर मान्छेकै उठिबास लाग्ने गरी होइन!  अब ढिला नगरौँ, सर्वदलीय बैठक बोलाएर एउटा ठोस राष्ट्रिय दृष्टिकोण बनाऔँ । संरक्षण क्षेत्रभित्र संरक्षण गर्नुपर्ने सबै प्रकारका पशुपन्छीको संरक्षणमा विशेष जोड देउ । आवश्यक पर्छ भने संरक्षण क्षेत्र समेत विस्तार गरौ । तर कृषिक्षेत्रका लागि भिन्न नीति बनाऔं । कृषि उत्पादन र किसानलाई संरक्षण गरौँ। उनीहरुका लागि पनि संरक्षणकारी नीति र क़ानून निर्माण गरौ । अब त निकै ढिला भइ सक्यो ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० जेठ । Cyber Security Research and Innovation Nepal (CSRI Nepal) का अध्यक्ष तथा सूचना प्रविधि विज्ञ डा. शालिग्राम पराजुलीले

काठमाडौँ, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको टिप्पणी गरेका छन् ।

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् । सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा

काठमाडौँ, ३० जेठ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।  आज उनीहरुले प्रशिक्षार्थी चिकित्सकको ड्युटी