पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ ।

यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।

विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन् ।

अनुमानित ६० लाख अफगानीहरू विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । बुधबार

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना

काठमाडौँ, १४ असोज । नेपालमा सञ्चालित छाला प्रशोधन (ट्यानिङ) उद्योगहरूका लागि एकीकृत वातावरणीय मापदण्ड तोक्न र मानव बस्तीबाट न्यूनतम दूरी निर्धारण

काठमाडौँ, १४ असोज । सभामुख डोलप्रसाद अर्यालले सीपलाई रोजगारी र उत्पादनसँग जोड्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्ने बताएका छन्