भारतीय वायुसेनाको विमान दुर्घटना

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ ।

असममा अवस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार वायु सेनाको एएन–३२ ट्रान्सपोर्ट एयरक्राफ्ट दुर्घटनामा परेको हो ।

वायु सेनाका प्रवक्ता विंग कमान्डर जयदीपलाई उद्धृत गर्दै बीबीसी हिन्दीले समाचारमा लेखेको छ, ‘जोरहाट एयर फोर्स स्टेशनमा एएन–३२ दुर्घटनाग्रस्त भएको छ । तर, अहिले घटनाको जानकारी लिइरहेका छौं ।’

दुर्घटनाबारे भारतीय वायु सेनाले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जोरहाटमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको र कारण पता लगाउनका लागि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिने बताएको छ ।

अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा आगो लागेको छ । दुर्घटनामा भएको हताहतीबारे जानकारी नआएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २६ असार । नेकपा (एमाले)ले राइडरका रूपमा काम गर्दै आएका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति  दुःख व्यक्त गरेको

काठमाडौँ, २६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न

काठमाडौँ, २६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्बाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन्

काठमाडौँ, २६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून