देश असाध्यै गम्भीर मोडमा छ : राजेन्द्र लिङ्देन

काठमाडौँ, ३० जेठ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा रहेको बताएका छन् ।

सिन्धुपाल्चोक पुगेका उनले भने, ‘सीमा जस्तो संवेदनशील विषयमा भारतले अहिलेसम्म दाबी गरेको छैन। हाम्रो प्रधानमन्त्रीले भन्दियो हामीले पनि बुझेका छौँ। त्यसको दुष्परिणामहरू अहिले देखिन थालेका छन्। त्यसकारण देश अहिले असाध्यै गम्भीर मोडमा छ। त्यो आकाशमाथि फेरि पनि एउटा अनिश्चयको बादल मडारिन थालेको छ ।’

उनले सबै अन्य राजनीतिक शक्तिहरु कमजोर भएको बेलामा, देशलाई दुर्घटनाबाट जोगाउने र देशलाई एउटा लीकमा लैजाने एउटा राजनीतिक शक्ति चाहिने बताए ।

उनले भने, ‘नयाँ भनेर मात्रै हुँदैन रहेछ, युवा भनेर मात्रै हुँदैन रहेछ, अनुभव चाहिने रहेछ, ज्ञान चाहिने रहेछ। आज जोसमा, उन्मादमा देश कता जान्छ भन्न नसकिने अवस्था छ। अहिले निजी स्कुलमा कर थपियो, त्यहाँ पढाउनेलाई ३ प्रतिशत शुल्क, अनि अहिले नयाँ भन्नु मात्रै होइन, नयाँ भन्नेले त आज ५ वर्ष कसरी देश चलाउँछ होला, ५ वर्ष जनताले कसरी धान्ने होला ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै

काठमाडौँ, ५ असार । दिग्गज अभिनेता मदनकृष्ण श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । आज राष्ट्रपति कार्यालय शीतल

काठमाडौँ, ५ असार । काठमाडौँको नयाँ बानेश्वरमा जेनजी आन्दोलनका क्रममा आगजनी गरी क्षतिग्रस्त बनाइएको बानेश्वर प्रहरी वृत्तको भवन पुनर्निर्माण सम्पन्न भएपछि

काठमाडौँ, ५ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधि सभा सदस्य हर्कराज राईले विज्ञान, प्रविधि तथा नव प्रवर्तन