आजको मौसम

काठमाडौँ, ३० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल तथा बाँकी भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी पहाडी र तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा आंशिक बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा बाँकी पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले पार्टीका कमजोरीहरूलाई सुधार्दै नयाँ विचार र नीतिका

काठमाडौँ, २९ जेठ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै

काठमाडौँ, २९ जेठ । प्रतिपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई(हर्क साम्पाङ) ले संसद्माठ रक्षामन्त्रीलाई बोलाइदिन आग्रह गरेका छन्

काठमाडौँ, २९ जेठ । नेपाली कांग्रेसले विदेशस्थित आफ्ना सबै नेपाली जनसम्पर्क समितिहरूलाई १५ औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता अद्यावधिकमा