आठ थान भरुवा बन्दुक बरामद

म्याग्दी, २७ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित जङ्गलमा लुकाएर राखिएको अवस्थामा प्रहरीले ठुलो परिमाणमा अवैध हतियार बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दी मातहतको अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको विशेष प्रहरी टोलीले आज आठ थान अवैध एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरीका अनुसार म्याग्दीको रघुगङ्गा गाउँपालिका वडा नं. ७ मा पर्ने फेदिवनस्थित जङ्गलमा ईजाजत पत्र नभएका भरुवा बन्दुकहरू लुकाई–छिपाई राखेको अवस्थामा फेला परेका हुन् । जङ्गलमा शङ्कास्पद रूपमा हतियार राखिएको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ती बन्दुकहरू रितपूर्वक नियन्त्रणमा लिएको हो । बरामद गरिएका सबै हतियारहरूलाई अहिले अस्थायी प्रहरी पोष्ट चिमखोलामा सुरक्षित राखिएको छ ।

अवैध हतियार नियन्त्रण गर्ने प्रहरीको अभियान अन्तर्गत यो सफलता मिलेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।