कुटपिट गरी एक युवकको हत्या, दुई जना पक्राउ

काठमाडौँ, २७ जेठ । कैलालीको धनगढीमा एक युवकको कुटपिट गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ९ त्रिवेणी घाटस्थित मोहना नदी किनारमा जेठ २४ गते फेला परेको बेवारिसे शवको पहिचान खुलेसँगै घटनाको रहस्य बाहिर आएको हो ।

नदी किनारमा नाम, थर र वतन नखुलेको अवस्थामा भेटिएको उक्त शव कैलारी गाउँपालिका वडा नम्बर ९ गदरिया बस्ने २० वर्षीय राजकुमार रानाको रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धान गर्दै जाँदा रानाको स्वभाविक मृत्यु नभई हत्या भएको तथ्य फेला परेको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानासहित चार जनाको समूहले राजकुमारलाई कुटपिट गरी हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको छ । उनीहरूले हत्या गरिसकेपछि प्रमाण लुकाउने उद्देश्यले शवलाई त्रिवेणी घाटस्थित मोहना नदी किनारमा फालेका थिए ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ६० वर्षीय बम्मन राना र ५८ वर्षीया भँगु रानालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जना विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हिरासतमा राखिएको छ । प्रहरीले उनीहरूमाथि थप अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ साउन । रोल्पाको सुनछहरी गाउँपालिका–२ स्थित फलबाङ र मङरारुमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ।  पछिल्लो

काठमाडौँ, २९ साउन । जिल्ला प्रशासन कार्यालय, मोरङले म्याद गुज्रिएका सिलिण्डरमा सिल तोडी पुनः प्रयोग गर्ने एक ग्यास उद्योगलाई २

काठमाडौँ, २९ साउन । आज प्याजको मूल्य प्रतिकिलो औसत ६ रुपैयाँ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिका-१५ विजेश्वरीस्थित सोनाम लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।