ब्राउन सुगरसहित २ जना पक्राउ

काठमाडौँ, २४ जेठ । मोरङको उर्लाबारी नगरपालिका ७ गोलचोकबाट लागूऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्र.१-०२-०५० प १९६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा चालक उर्लाबारी–६ बस्ने २९ वर्षीय केशव श्रेष्ठ र पछाडि सवार उर्लाबारी ५ बस्ने २४ वर्षीय निश्चल गुरुङलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा केशव श्रेष्ठको मलद्वारबाट प्लास्टिकसहित १८ ग्राम ९२० मिलिग्राम र प्लास्टिकबाहेक १४ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो ।

त्यस्तै निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम र प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध फेला परेको छ । दुवै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ साउन । धनुषामा करेन्ट लागेर एक २३ वर्षीया युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार महोत्तरीको एकडारा गाउँपालिका–१

काठमाडौँ, ३१ साउन । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर

काठमाडौँ, ३१ साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ३६ सय रुपैयाँले

काठमाडौँ, ३१ साउन । झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३