राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ : मन्त्री तिमिल्सिना

धादिङ, २३ जेठ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जनताले विगतमा गलत भनेर आलोचना गरेका अभ्यासलाई निरन्तरता दिन नहुने बताएका छन् ।

रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढिरहेको बताउँदै पुराना गलत राजनीतिक शैली दोहोर्याउने छुट सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नरहेको बताएका छन् ।

“देशमा नयाँ राजनीतिक संस्कारको सुरुआत भएको छ । हिजो जुन राजनीतिक शैलीलाई गलत भनेर प्रश्न गर्यौं, त्यही शैलीमा राजनीति गर्ने छुट हामीलाई छैन,” उनले भने, “राजनीति बारेको बुझाइ र संस्कार दुवै बदल्न जरुरी छ । जुन दलहरूको काम गर्ने शैलीको हामीले विरोध गरेका थियौँ, त्यही शैलीलाई हामीले अपनाउनु हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको

काठमाडौँ, ९ भदौ । भोजपुरमा कोदोको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी