महासचिव पोखरेलद्वारा ‘जनसम्बन्ध विकास र पार्टी रूपान्तरण’का ७ आधारहरू प्रस्तुत


काठमाडौँ, २३ जेठ । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले गुमेको जनसम्बन्धलाई विकास र पार्टी रुपान्तरणका सात आधारहरु प्रस्तुत गर्नुभयो ।

पार्टीका उक्त सात आधारहरु तयार गरिएको जानकारी दिनुभयो । उहाँले आज सामाजिक सञ्जालमा पार्टीसँगको जनसम्बन्ध र पार्टी रुपान्तरणका सात आधारहरु प्रस्तुत गर्नुभयो ।

सात आधारहरु प्रस्तुत गर्दै उहाँले भन्नुभएको छ, ‘रूपान्तरणको आधार जनतासँगको बलियो सम्बन्ध, लोकतान्त्रिक अभ्यास र संघर्षशील राजनीतिक संस्कार नै हो। एकता, अनुशासन र विधिसम्मत प्रणालीको अनुशरणगर्दै संस्थागत वाटोवाट नै यी उद्देश्य पुरा गर्न सकिन्छ ।’

उहाँले प्रस्तुत गर्नुभएका ‘जनसम्बन्ध विकास र पार्टी रूपान्तरण’का सात आधारहरु

🔹गम्भीर आत्मसमिक्षा र रूपान्तरणको दृढ संकल्प

🔹कमिटी प्रणालीको पुनर्स्थापना र सुदृढीकरण

🔹सामूहिक नेतृत्व प्रणालीको विकास

🔹वर्गसंघर्ष र राजनीतिक संघर्षमा सक्रिय जोड

🔹जनपक्षीय जीवनशैली, व्यवहार र आचरणको अवलम्बन

🔹पार्टी जीवनमा लोकतान्त्रिक मूल्य–मान्यताको अनुशरण

🔹नीति र नेतृत्व स्थापित गर्न नयाँ आधार तथा दृष्टिकोणको खोजी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for

बागलुङ,२ भदाै । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय