ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौँ, ८ भदौ । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ ।

राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे छ । आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ असोज । बागलुङको निसीखोला गाउँपालिकामा पहिरोले एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार

काठमाडौँ, ११ असोज । विराटनगर महानगरपालिका–३ आयल निगमस्थित सडकमा दुर्घटनामा परेको स्कार्पियो गाडीबाट ३९८ किलो गाँजा बरामद भएको छ । प्रहरीका

काठमाडौँ, ११ असोज । पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका

काठमाडौँ, ११ असोज । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको