ताँजाकाेट गाउँपालिका कार्यालयमा आगलागी

काठमाडौँ, ८ भदौ । हुम्लाकाे ताँजाकाेट गाउँपालिकाकाे कार्यालय आगलागी भएकाे छ ।

राति १ बजेकाे समयमा ताजाँकाेट गाउँपालिका कार्यालय आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

स्थानीय र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा लिएकाे डीएसपी शंकर खडकाले बताए । गाउँपालिकाकाे भवनकाे लेखा शाखाकाे स्टाेरमा बिजुलीकाे तार सर्ट भई आगलागी भएकाे हुन सक्ने प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीकाे सहयाेगमा ३ बजे ४५ मिनेटमा आगाे पूर्ण नियन्त्रणमा आएकाे छ । आगलागीबाट ४ थान काठको र्‍याक, १ थान सुत्ने खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री जलेर नष्ट भएको छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २३ असाेज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत Ms. Francoise Puig-Unza (फ्रान्स्वाज पुइग–इन्जा)

काठमाडौँ, २३ असाेज । जिल्ला भूमि समस्या समाधान समिति डधेल्धुराले साविकको जोगबुढा गाविस वडा नं १ (हाल परशुराम न.पा. वडा

महोत्तरी, २३ असाेज । महोत्तरीको एकडारा गाउँपालिका १ (साविक एकडारा गा.वि.स वडा नं १,२,३,४ र ६) का २५० परिवारले नापजाँच

काठमाडौँ, २३ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले अल्पसंख्यक समुदायका माग र