चोरीका ल्यापटपसहित तीन जना पक्राउ

काठमाडौँ, १९ जेठ । ललितपुरको कुपण्डोलस्थित एक घरबाट ल्यापटप र नगद चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

कुपण्डोलको गणेश मन्दिर नजिकै रहेको घरबाट दुई थान ल्यापटप र नगद चोरी भएको सूचना पाएपछि खोजीमा जुटेको प्रहरी टोलीले चोरीमा संलग्न उनीहरूलाई बरामद सामानसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १० घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १ बस्ने २१ वर्षीय अमन परियार र नुवाकोटको विदुर नगरपालिका वडा नं. २ घर भई हाल काठमाडौँको थापाथली बस्ने १७ वर्षीय नजर थापा मगर छन् ।

प्रहरीले चोरीको ल्यापटप खरिद गर्ने कार्यमा संलग्न महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. १ घर भई हाल थापाथली बस्ने २१ वर्षीय रञ्जन कापरलाई पनि पक्राउ गरेको छ । गएको जेठ १४ गते चोरी भएको उजुरी परेपछि प्रहरीले तत्परता देखाउँदै उनीहरूलाई समातेको हो । पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले एक थान एचपी कम्पनीको र एक थान डेल कम्पनीको ल्यापटप बरामद गरेको छ । नियन्त्रणमा लिइएका तीनै जनामाथि प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको २७ सय रुपैयाँले

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ३५ अर्ब बराबरको छ महिने निक्षेप सङ्कलन गर्ने

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Exchange Rate for