टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौँ, १८ जेठ । दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार लमही नगरपालिका–५ निवासी ३५ वर्षीय मनोज नेपाली र उनका पाँच वर्षीय छोरा मीनराज नेपालीको मृत्यु भएको हो ।

सोही घटनामा परेर मृतककी श्रीमती ३४ वर्षीया अमृता नेपाली घाइते भएका छन् । आज बिहान तुलसीपुरको गुल्म चोकमा रा१ख२१९२ नम्बरको टिप्परले विपरीत दिशातर्फ गइरहेको रा४प ३३९० नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । 

घाइते अमृताको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने टिप्पर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जजनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई