काठमाडौँ, १० जेठ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बिहान ११ः३० बजे बैठक सुरु हुनेछ । शुक्रबारदेखि शुरू भएको बैठकमा सचिवालय सदस्यले आफ्नो धारणा राखिराहेका छन् । बैठकमा उठेका प्रश्नको आज अध्यक्ष ओलीले जवाफ दिने भएका छन् ।
शनिबारको बैठकमा महासचिव शंकर पोखरेलसहित तीन उपमहासचिव र ४ जना सचिवहरूले धारणा राखेका थिए ।





