जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ 

काठमाडौँ, ७ जेठ । दोलखाको शैलुङमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–१ का २१ वर्षीय अन्जन लामा छन् । उनलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले शैलुङ क्षेत्रबाट पक्राउ गरेको हो ।

युवक शैलुङ घुम्न आएका बेला करिब १५ वर्षीय नाबालिकालाई करणी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिइएको हो । घटनाबारे बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । पीडित बालिकाको स्वास्थ्य अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ ।

करणीमा संलग्न लामालाई दोलखा जिल्ला अदालतबाट ६ गते पक्राउ स्वीकृति लिइ चार दिन म्याद थप गरिएको छ । घटनासम्बन्धी कारबाही मुलुकी फौजदारी संहिता २०७४ को दफा ९ को उपदफा (६) अनुसार अनुसन्धान जारी रहेको र आवश्यक थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने

काठमाडौँ, १० साउन । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटामा अवस्थित दशरथ चन्द

काठमाडौँ, १० साउन । त्रिभुवन विश्वविद्यालयले प्रश्नपत्र बाहिरिएको घटना अध्ययन गर्न गठित समितिको निष्पक्षतामाथि प्रश्न उठाउँदै त्रिवि केन्द्रीय क्याम्पस स्ववियूले

काठमाडौँ, १० साउन । आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार ६