बुद्धएयरको नेपालगञ्ज-पोखरा उडान स्थगन

काठमाडौँ, ६ जेठ । बुद्धएयरको नेपालगञ्ज पोखरा–सिधा उडान केही समयका लागि स्थगित भएको छ ।

बुद्धएयर, नेपालगञ्ज स्टेशनका प्रमुख विनितविक्रम शाहका अनुसार भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या न्यून भएको र इन्धन खर्च बढी भएका कारण पोखरा नेपालगञ्ज सिधा उडान एक महिनाका लागि स्थगन भएको हो । 

एक महिना लामो मलमास परेकाले भारतबाट आउने भारतीय पर्यटक नआएका कारण र इन्धन मूल्य पनि महँगो भएका कारण नेपालगञ्ज पोखरा उडान केही महिनाका लागि स्थगित भएको उनको भनाइ छ । पर्यटन प्रवर्द्धन र भारतीय यात्रुलाई सहजता हुने उद्देश्यले विसं २०७८ साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज पोखरा उडान हुने गरेको थियो । सो उडान मङ्गलबारदेखि स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय

काठमाडौँ, २९ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ

काठमाडौँ, २९ असार । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका विभिन्न चारवटा समितिको बैठक आज बस्ने भएको छ ।  संसद्

काठमाडौँ, २९ असार । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर यसप्रकार निर्धारण गरेको छ । Exchange Rate