हरिपुरमा इँट्टा निकाल्ने क्रममा थिचिएका तीन जनाको मृत्यु

काठमाडौँ, २ जेठ । सर्लाहीको हरिपुरमा इँट्टा निकाल्नेक्रममा थिचिएका तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हिजो बेलुका हरिपुर नगरपालिका–५, मजुर्वा गाउँमा रहेको कृष्ण इँट्टा उद्योगमा इँट्टा निकाल्ने क्रममा इँट्टाको चाङले थिचिएर तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सर्लाहीको गोडैता नगरपालिका–७ रामवनका ५० वर्षीय फिताइ मन्सुर, गोडैता नगरपालिका–९ का ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुरका ३५ वर्षीय अङ्गद कुमारको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइते भएका मलङ्गवा नगरपालिका–७ का ३२ वर्षीय तुलसी महतोको प्रादेशिक अस्पताल मलङ्गवामा र मलङ्गवा नगरपालिका–७ का ५२ वर्षीय सत्यनारायण महतोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २९ असार । इरानले नयाँ आक्रमणहरूका बिच स्ट्रेट अफ होर्मुज बन्द भएको घोषणा गरे पनि अमेरिकाले भने उक्त जलमार्ग खुला नै

एजेन्सी, २८ असार । अमेरिका र इरानबिच सैन्य आक्रमण भइरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको समाचार सार्वजनिक भएको छ

दोहा, २८ असार । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख तामिम बिन हमद अल थानीका पिता शेख खलिफा

एजेन्सी, २८ असार । इरानले होर्मुज जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरेको घोषणा गरेको छ । यो घोषणापछि अमेरिकाले इरानमाथि