८ जना जुवाडे पक्राउ

काठमाडौँ, ३१ बैशाख । सुर्खेतको वीरेन्द्रनगरबाट नगद र ताससहित ८ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेमा जुम्लाको सिंजा क्षेत्र घर भएका र हाल वीरेन्द्रनगरमा बस्दै आएका ४२ वर्षीय मन बहादुर बुढा, ४४ वर्षीय लक्ष्मण रोकाय, ३० वर्षीय लाल बहादुर बुढा ३४ वर्षीय लंक बहादुर बुढा, ४५ वर्षीय गम्भीर रावत, ३० वर्षीय विष्णु बुढा रहेका छन् ।

यस्तै, ३१ वर्षीय हरिबहादुर रोकाय र वीरेन्द्रनगर नगरपालिका–७ घर भएका घरबेटी ३८ वर्षीय जनक रोकाय पक्राउ परेका छन् ।

वीरेन्द्रनगर नगरपालिका–७, फूलबारी टोलस्थित जनको घरमा हारजित हुने गरी उनीहरूले जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ प्रहरीले छापा हानेको थियो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति जुवाको खालबाट ९५ हजार १६६ रुपैयाँ नगद, ६ गड्डी तास र ९ थान मोबाइल बरामद गरेको हो ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिएर जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असार । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ

काठमाडौँ, १४ असार । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २–० ले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेताका रूपमा

काठमाडौँ, १३ असार । फ्रान्स समूह ‘आइ’ को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।

काठमाडौँ, १२ असार । नेपाल बक्सिङ महासंघको आयोजनामा जारी ३०औँ पुरुष तथा ११औँ महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता–२०८३ अन्तर्गत दोस्रो दिन शुक्रबार