आजको मौसम

काठमाडौँ, ३१ बैशाख । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भू(भागमा साधरणतया बादल लागेको छ। बाँकी भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

त्यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा,  बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका तथा कर्णाली प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ साउन । मोरङको केराबारी गाउँपालिका–५ शान्ति चोकमा टिपरको ठक्करबाट एक जना वृद्धाको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, १ साउन । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः सञ्चालनमा ल्याइएको छ ।काग, गिद्ध, हाँसलगायत पक्षीमा बर्डफ्लू

काठमाडौँ, १ साउन । साउन महिना सुरु भएसँगै देशभर हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । महिलाले हातमा मेहन्दी

काठमाडौँ, १ साउन । काठमाडौँको कपनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति करिब