ईभी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते

काठमाडौँ, २९ बैशाख । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ लामबगरस्थित सिस्नेरी–दक्षिणकाली सडक खण्डमा ईभी गाडी दुर्घटना हुँदा ९ जना भारतीय नागरिक घाइते भएका छन् ।

दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ११ः१० बजे काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०१–०३३ च ५२५८ नम्बरको ईभी गाडी ब्रेक फेल भई सडकको दाहिनेपट्टिको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये ९ जना भारतीय नागरिक र चालकसहित २ जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ईभी चालक धनुषाको लक्ष्मीनिया नगरपालिका–४ निवासी ३० वर्षीय पिन्टु सिंह प्रहरी नियन्त्रणमा रहेका छन् । गाडीमा सवार अर्का नेपाली नागरिक २२ वर्षीय असान साफि भने सामान्य अवस्थामा आफैं घर फर्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, २ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था गरिब, निमुखा र आवाजविहीनहरूको हितका लागि भएको

काठमाडौँ, २ साउन । ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट

काठमाडौँ, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको

काठमाडौँ, १ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवर्द्धनमा सरकारले आवश्यक सहजीकरण गर्नेमा प्रतिबद्धता जनाएका छन् ।