आगलागीबाट १३ घरगोठ जलेर नष्ट 

काठमाडौँ, २७ बैशाख । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् ।

प्रहरीका अनुसार स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ । साँझ करिब ७ बजे एक्कासी गोठबाट सुरु भएको आगोले तीव्र रूप लिंदा रामअवतार यादवको दुई घर र एक गोठ, जुगाई यादवको दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) को दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको हो ।

आगलागी नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुणयन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरी तथा स्थानीयबासी खटिएका थिए । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १५ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले मृत्युदण्डको सजाय सुनाइए पनि यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन् । उनी

एजेन्सी, १५ असार । साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्। 

एजेन्सी, १४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फेरि युद्धमा फर्किन बाध्य भए इरानको अस्तित्वमा नरहने चेतावनी दिएका छन् ।

एजेन्सी, १४ असार । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानमाथि बमबारी गर्दै सिरिक सहर र केश्म द्वीपलाई निशाना बनाएको छ