आजको मौसम

काठमाडौँ, १२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदर भन्दा उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी र मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भूभाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी  र  सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थान तथा कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशका थोरै स्थान चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । 

त्यस्तै आज राति देशको हिमाली र पहाडी भूभाग तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा साधरणतया बादल लाग्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका थोरै स्थानमा र  पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। 

बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेस प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

पोखरा, १४ असोज । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ । कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली

म्याग्दी, १४ असोज । बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ । जिल्ला विपद् व्यवस्थापन

काठमाडौँ, १४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक एवम् सांस्कृतिक महत्वको इन्द्रजात्रा पर्व समापन समारोहका अवसरमा वसन्तपुरस्थित कुमारी घर पुगेर

काठमाडौँ, १४ असोज । संघीय संसद्अन्तर्गत चार संसदीय समितिको बैठक बस्दै छ ।  आज अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार