पोखरीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौँ, १४ बैशाख । रौतहट र दैलेखमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका–१, पिपराटोल बस्ने गौरीशंखर साह कलवारको छोरा पाँच वर्षीय कृषको मृत्यु हो । 

सोही गाउँपालिका–१ स्थित बह्रमस्थानको पोखरीमा डुबेर आइतबार साँझ मृत्यु भएको हो । डुबेर अशक्त भएका उनको स्थानीय वाग्मती सेन्ट्रल अस्पताल गंगापिपरामा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै, दैलेखको महाबु गाउँपालिका–४, गीताचौर बस्ने कमल नेपालीको छोरा ९ वर्षीय रूपेशको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको छ । सोही ठाउँस्थित छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कैलालीमा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी

काठमाडौँ, १४ बैशाख । बजारमा गोलभेँडाको मूल्य बढेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेँडाको मूल्यवृद्धि भएको

काठमाडौँ, १४ बैशाख । रौतहट र दैलेखमा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।  प्रहरीका अनुसार रौतहटको दुर्गाभगवती गाउँपालिका–१, पिपराटोल

काठमाडौँ, १४ बैशाख । सर्लाहीमाँ जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–१५,