काठमाडौँ, १४ बैशाख । सर्लाहीमाँ जंगली बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार लालबन्दी नगरपालिका–१५, पिडखोल्सा बस्ने ३२ वर्षका प्रेमबहादुर थिङ (दावा)को बँदेलको आक्रमणबाट मृत्यु भएको हो ।
बँदेलको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि महेन्द्र राजमार्गस्थित लालबन्दी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएको छ । जंगली बँदेलले खेतमा लगाएको मकैमा क्षति गरेपछि थिङ केही दिनदेखि मकै रेखदेखका लागि खेतमा बस्दै आएका थिए ।





